नेकपा बैठक : सचिवालयको सुझाव र दुई अध्यक्षको समन्वयमा सरकार सञ्चालन

ओलीले सरकार र प्रचण्डले कार्यकारी अधिकारसहित पार्टी चलाउने


२६ भाद्र २०७७, शुक्रबार
nekapa 1

काठमाडौं, २६ भदौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को डेढ महिनापछि बसेको स्थायी कमिटी वैठक विभिन्न विषयमा छलफल र निर्णयहरु गर्दै सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीको कार्यकारी अधिकारको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिने र अर्का अध्यक्ष केपी शर्मा ओली सरकार सञ्चालनमा केन्द्रित हुने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार सरकारले दैनिक काम कारवाही जारी राख्न सक्ने तर, राष्ट्रिय महत्वका विषयमा पार्टीको निर्णय सरकारले मान्नुपर्ने बताएका छन् ।

उनका अनुसार त्यस्तो प्रस्ताव आएमा सचिवालयको सुझाव, दुई अध्यक्षको सहमतिमा निर्णय हुनेछ । पार्टीको महाधिवेशन चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा गर्ने निर्णय बैठकले गरेको छ । बैठकले एमसीसी बारेमा भने अझै निर्णय गर्न सकेन । बैठकको शुरुमै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टी एकताको पक्षमा उभिएर प्रतिक्रियावादीलाई जवाफ दिइएको बताएका थिए ।

अध्यक्षद्वय केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको सहमतिका १५ बुँदालाई पारित गर्दै सत्तारुढ दल नेकपाको स्थायी समितिको बैठक सकिएको हो ।
बैठकले पार्टी अब महाधिवेशन आयोजनामा केन्द्रित हुने निर्णय समेत गरेको छ ।

असार १० गतेदेखि शुरु भएको बैठक असार १८ पछि निरन्तर स्थगित भएको थियो । पार्टीभित्र तीव्र विवाद चुलिएपछि पटक–पटक स्थगित भएको बैठक आज बसेको हो । साढे चार घण्टा चलेको बैठकमा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, घनश्याम भुसाल लगायतल बोलेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७