२४ घण्टामा हालसम्मकै धेरै कोरोना संक्रमित, संक्रमित ५१,९१९ पुग्यो {भिडियो}


२६ भाद्र २०७७, शुक्रबार
korona gautam1

काठमाडौं, २६ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै बढी १,४५४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा आज (शुक्रबार) एकै दिन हालसम्मकै धैरै १,४५४ जनामा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ जना पुगेको छ ।

काठमाडौं उपत्यकामा थप ६९६ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा १९४ महिला र ४२६ पुरुषगरि ६२०, ललितपुरमा १७ महिला र २१ पुरुष गरि ३८ र भक्तपुरमा १७ महिला र २१ पुरुष ३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उपत्यकामा तीन साता लामो निषेधाज्ञा भर्खरै मात्र खुकुलो पारिएको छ । निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा फेरि संक्रमित हुनेको संख्या बढ्न थालेको छ ।

त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२२ पुगेको छ । शुक्रबार ९७२ जना डिष्चार्ज भएका छन् भने हालसम्म ३६६७२ जना डिष्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हाल सक्रिय संक्रमितको संख्या १४९२५ जना छन् । त्यस्तै क्वारेन्टाइनमा ६ हजार ७८ जना रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७