एमसीसी अनुमोदन गर्ने नेकपा स्थायी कमिटीको निर्णय


२६ भाद्र २०७७, शुक्रबार
nekapa

काठमाडौं, २६ भदौं । लामो समयदेखि चर्चा र वहसमा रहेको अमेरिकी आर्थिक सहायता कार्यक्रम मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) लाई परिमार्जनसहित अनुमोदन गर्ने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्णय गरेको छ ।

आज (शुक्रबार) बसेको नेकपा स्थायी कमिटी वैठकले एमसीसीलाई परिमार्जनसहित अनुमोदन गर्ने निर्णय गरेको हो ।

‘एमसीसीलाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय बैठकले गरेको छ,’ शुक्रबारको स्थायी कमिटी बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पार्टीले यसअघि पूर्व प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा गठन गरेको कार्यदलको प्रतिवेदनलाई समेत ध्यान दिई के संशोधन परिमार्जन गर्ने भन्नेबारे निर्णय लिइनेछ ।
यसबारे पार्टीमा छलफल गरी छिटै निर्णय लिइने उनले बताए । एमसीसीबाट सहयोग लिन गरिएको सम्झौता अनुमोदनका लागि संसदमा दर्ता गरिएको छ ।

तर सत्तारुढ दल नेकपाकै नेताहरुले त्यसलाई अनुमोदन गर्नै नहुने भनी बिरोध गरेका कारण सो सम्झौता संसदमै रोकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७