भ्रष्टचारी जोगाउने आदेशविरुद्ध डा.केसीको चेतावनी


२३ आश्विन २०७४, सोमबार
dr gobindra kc डा.केसी

काठमाडौं: स्वास्थ्य क्षेत्रमा सुधारका लागि आमरण अनशन बस्दै आएका चिकित्सक गोविन्द केसीले पछिल्लो समयमा सर्वोच्च अदालतबाट भ्रष्टचार आरोपितलाई बचाउनेगरी फैसला आउन थालेको भन्दै न्यायपालिकाविरुद्ध कडा अन्दोलनको चेतावनी दिएका छन् ।dr gobindra kc डा.केसी

भ्रष्टचार विरोधी अभियान्ता केसीले सर्वोच्च अदालतले भ्रष्टचारको आरोपमा नेपाल आयल निगमको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरिएका गोपाल खड्कालाई पुनस्र्थापना गर्ने र प्रक्रिया पुरा नगरी नियुक्त गरिएको भन्दै सर्वोच्च अदालतका एघार न्यायधीशलाई अयोग्य घोषणा गर्ने षड्यन्त्र भइरहेको भन्ने समाचार आएपछि यस्तो चेतावनी दिएका हुन । आजको नागरिकमा खबर छापिएको छ ।
‘न्यायपालिकाको लागि यो गम्भीर अपमान हो । राज्यका सबै अंग न्यायपालिका,कार्यपालिका र व्यवस्थापिकाले देश लुटिरहेका छन् ।’केसीले भने,‘एउटा नागरिकका रुपमा भ्रष्टचारविरुद्ध लड्नेछु र गलत कामलाई खुलासा गर्नेछु।’

एघार न्यायधीशलाई अयोग्य घोषणा गर्ने खेललाई केसीले‘न्यायपालिकाको कु’ को संज्ञा दिए । अदालतले खड्का पक्षमा अन्तरिम आदेश दिएपछि केसीले जारी गरेको विज्ञप्तिमा न्यायपालिकाविरुद्ध पनि कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७