सालाहको ह्याट्रिकमा लिभरपुलको शानदार जित


२८ भाद्र २०७७, आईतवार
f98c58fb08a612ae4d7f564e22d3155f w1000 h500 cp

काठमाडौं, २८ भदौं । इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुल, आर्सनल, क्रिष्टल प्यालेस र न्युक्यासल युनाइटेडले विजयी सुरुवात गरेका छन् ।

गए राति भएको खेलमा फरवार्ड मोहमद सलाहको ह्याट्रिक मद्दतमा च्याम्पियन लिभरपुलले पहिलो खेलमा लिड्स युनाइटेडलाई ४–३ ले पराजित गर्दै लिगको शुरुवात गरेको छ । दुई टोलीले खेलको पहिलो हाफमा नै ५ गोल गरेका थिए ।

खेलको तेस्रो मिनेटमा नै लिभरपुलका मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै टोलीलाइ अग्रता दिलाएका थिए। सलाहको प्रहार डिफेन्डर रोबिन कक्को हातमा लागेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

गत वर्ष च्याम्पियनसिपको विजेता बन्दै प्रिमियर लिगमा बढुवा भएको लिड्सले १२ औं मिनेटमा नै खेल बराबरीमा ल्याएको थियो। लिड्स १६ वर्षपछि प्रिमियर लिगमा पुनरागमन गर्न सफल भएको हो ।

लिभरपुलले २० औं मिनेटमा पुनः अग्रता बनाएको थियो । एन्ड्रयु रोबर्टसनको कर्नरमा भर्जिल भान डाइकले गोल गरे। खेलको ३० औं मिनेटमा भान डाइककै गल्तीमा लिड्स खेलमा फर्कियो ।
लिड्सले बराबरी गरेको तेस्रो मिनेटमा नै लिभरपुलले खेलमा पुनः अग्रता बनाएको थियो । पहिलो हाफमा १ गोलले पछि परेको लिड्सले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेपनि पाएको अवसरलाई सदुपयोग गर्न भने सकेन ।

६६ औं मिनेटमा म्याटुएज क्लिकले गोल गरे। खेलको ८७ औं मिनेटमा लिभरपुलले चौथोपटक अग्रता बनायो। सलाहले ह्याट्रिक पूरा गर्ने क्रममा पेनाल्टीमा गोल गर्दै जित पक्का गरे ।

यसअघि गए राति नै भएको खेलमा आर्सनलले नवप्रवेशी फुलहममाथि उसकै मैदानमा ३–० को जित निकाल्दै सानदार विजयी शुरुवात गरेको छ । आर्सनलको जितमा एलेसान्द्रे लाकाजेट, ग्याब्रिल र कप्तान पिएरे इमरिक औवामियाङले गोल गरे ।

गए राति नै भएको अर्को खेलमा न्युक्यासलले वेष्टह्याम युनाइटेडलाइ २–०, क्रिष्टल प्यालेसलले साउथहेप्टनलाइ १–० ले पराजित गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७