बार्सिलोनबाट मैदान उत्रिए मेस्सी


२८ भाद्र २०७७, आईतवार
114347847 messi gmELPHA0YZ

काठमाडौं, २८ भदौं । क्लब छाडेर जाने प्रयास असफल भएयता लियोनेल मेस्सीले बार्सिलोनाका लागि पहिलो खेलमा सहभागिता जनाएका छन् । जिम्नास्टिक डे टारागोनाविरुद्धको मैत्रीपूर्ण खेलमा मेस्सीले खेलेका हुन् ।

३३ वर्षीय अर्जेन्टिनी फरवार्डले गत अगस्तमा क्लब छाड्ने इच्छा व्यक्त गर्दै बार्सिलोनालाई ट्रान्सफर रिक्वेस्ट पठाएका थिए । तर, कुनै पनि क्लबले उनको ७० करोड यूरोको रिलिज क्लज पूरा गर्न नसक्ने भन्दै क्लबमा नै रहने बताएका थिए ।

तेस्रो डिभिजनको क्लबबिरुद्ध ३–१ को जीत निकाल्ने क्रममा मेस्सीले खेलमा कप्तानी गरेका थिए । उनले हाफ टाइमसम्म खेलेका थिए ।

खेलमा ओसमान डेम्बेले, एन्टोनी ग्रिजमान र फिलिपे काउन्टिन्होले गोल गरेका थिए । बार्सिालेनाले २७ सेप्टेम्बरमा भिल्लेरियालविरुद्ध खेल्दै ला लिगाको नयाँ सिजनको सुरुवात गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७