विवादित ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा


२९ भाद्र २०७७, सोमबार
omni group L6CKnWfrk4

काठमाडौंं, २९ भदौं । स्वास्थ्य सामग्री उपकरण खरिद प्रक्रियालाई लिएर विवादमा परेको ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक सूचना निकालेर ओम्नीलाई एक वर्षका लागि कालोसूचीमा राखेको जानकारी गराएको छ ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले स्वास्थ्य सेवा विभागको सिफारिसमा सोमबारदेखि लागू हुने गरी ओम्नीलाई कालोसूचीमा राखेको जनाएको छ ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै स्वास्थ्य सेवा विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन ओम्नी समूहसँग सम्झौता गरेको थियो । विना प्रतिष्पर्धा निकै महँगो मूल्यमा उपकरण खरिदको सम्झौता गरेको भन्दै सरकारको आलोचना भएपछि विभागले ओम्नीसँग भएको उपकरण खरिद सम्झौता रद्द गरेको थियो ।

OBCI Omni in Black List

विभागले पनि मन्त्रालयले बनाएको कोटेशनभन्दा २० प्रतिशत बढी मूल्य तिरेको स्वीकार गरेको थियो । सरकारले ओम्नीलाई कालोसूचीमा राख्न ढिलाइ गरेपछि नागरिकस्तरबाट विरोध हुनुको साथै संसदीय समितिहरुले पनि चासो दिएका दिए ।

सरकारले ओम्नीलाई कालोसूचीमा नराख्ने मनसाय देखाएपछि चौतर्फी दबाब परेको थियो । ओम्नीलाई कालोसूचीमा पर्न नदिन राजनीतिक रुपमा चलखेल भएपनि संसदीय समितिहरुले पनि कालोसूचीमा नराखिएकोबारे चासो दिएका दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७