वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय


२९ भाद्र २०७७, सोमबार
Bamdev Gautam

काठमाडौं, २९ भदौ । सरकारले राष्ट्रियसभाको रिक्त सदस्य पदमा सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभाको रिक्त एकपदमा मनोनित गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। \

यही भदौ १८ गते बसेको नेकपा सचिवालय बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजाने निर्णय गरेको थियो ।

गत फागुन महिनामा तत्कालीन अर्थ एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाको कार्यकाल समाप्त भएपछि राष्ट्रपतिबाट मनोनयन हुने एक सदस्यको पद रिक्त थियो । राष्ट्रिय सभाका ५९ जना सांसदमध्ये तीन जानलाई सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७