मेसी विश्वकै सर्वाधिक कमाइ गर्ने खेलाडी, अरु कसको कमाइ कति ?


३० भाद्र २०७७, मंगलवार
leonal messi

काठमाडौं, ३० भदौं । फुटवल स्टार लिओनल मेसी विश्वकै सबै भन्दा बढी कमाउने खेलाडी बनेका छन् ।

फोर्ब्सले सार्वजनिक गरेको २०२० को सर्वाधिक कमाइ गर्ने खेलाडीहरुको सूचीमा बार्सिलोनाका फरवार्ड मेसी शीर्ष स्थानमा परेका हुन् ।

मेसीको वार्षिक कमाइ १२६ मिलियन अमेरिकी डलर छ । मेसीले युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोभन्दा ९ मिलियन बढी कमाउँछन् । मेसीले पारिश्रमिकबाट ९२ मिलियन डलर र एन्डोरसमेन्टबाट ३४ मिलियन डलर कमाइ गरेका छन् ।

यस्तै रोनाल्डोले पारिश्रमिकबाट ७० मिलियन डलर र एनडोरसमेन्टबाट ४७ मिलियनसहित कूल ११७ मिलयन डलर कमाइ गरेका छन् ।

यस्तै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट खेल्ने फरवार्डद्वय नेमार र किलिएन एमबाप्पे क्रमशः तेस्रो र चौथो स्थानमा छन् । नेमारको वार्षिक कमाइ ९६ मिलयन डलर र एमबाप्पेको ४२ मिलयन डलर रहेको छ ।

यस्तै प्रिमियर लिग क्लब लिभरपुलका मोहमम्द सालाह पाँचौ र म्यानचेष्टर युनाइटेडका पउल पोग्वा छैटौं स्थानमा छन् । बार्सिलोनाका एन्टोनी ग्रीजमन सातौं, रियल मड्रिडका गारेथ बेल आठौं, बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्की नवौं र म्यानचेष्टर युनाइटेडका डेविड डे हेअ दशौँ स्थानमा छन् ।

सर्वाधिक कमाइ गर्ने शीर्ष १० स्थानका खेलाडी

लियोनल मेसी– १२६ मिलियन अमेरिकी डलर
क्रिस्टियानो रोनाल्डो– ११७ मिलियन डलर
नेमार– ९६ मिलियन डलर
किलिएन एमबाप्पे– ४२ मिलियन डलर
मोहम्मद सालाह– ३७ मिलियन अमेरिकी डलर
पउल पोग्बा– ३४ मिलियन अमेरिकी डलर
एन्टोनी ग्रीजमन– ३३ मिलियन अमेरिकी डलर
गारेथ बेल– २९ मिलियन अमेरिकी डलर
रोवर्ट लेवान्डोस्की– २८ मिलियन अमेरिकी डलर
डेविड डे हेअ– २७ मिलियन अमेरिकी डलर

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७