सिटिजन्स बैंकद्वारा स्क्यान र वीथ ड्र सेवा सुरु, क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सकिने


३० भाद्र २०७७, मंगलवार
QR Teller

काठमाडौं, ३० भदौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ स्क्यान र वीथ ड्र सेवाको सुरुवात गरेको छ ।

विश्वका अधिकांश मुलुकहरु कोरोनाभाइरसको महामारीबाट आक्रान्त बनेको अवस्थामा यस सिटिजन्स बैंकले ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ क्यान र वीथ ड्र सेवाको सुरुवात गरेको हो ।

क्यान र वीथ ड्रमार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लगइन गरेर काउण्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सकिने कुरा बैंकले जनाएको छ ।

बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका दरवारमार्ग र कमलादी शाखाबाट उपलब्ध गराएको छ र निकट भविष्यमा नै यस सेवालाई देश भरीका अन्य शाखाहरुबाट समेत प्रवाहगर्ने उद्देश्यकासाथ कार्यारम्भ भइसकेको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए ।

नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथसाथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यका साथ क्यान र वीथ ड्र सेवा प्रयोगमा ल्याइएको बैंकले जनाएको छ । यसको प्रयोगसँगै कर्मचारी र ग्राहकको सम्पर्क घट्ने हुँदा संक्रमणको जोखिम न्यून हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७