सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर विहानै ६ रिक्टर स्केलको भूकम्प (अपडेट)


३१ भाद्र २०७७, बुधबार
earthquake 0pu0boTIlz

काठमाडौं, ३१ भदौं । आज (बुधबार) विहानै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रिक्टर स्केलको भूकम्प गएको छ ।

सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार ५ः१९ मिनेटमा भूकम्प गएको हो ।

अधिकांश सर्वसाधारण घरभित्र सुतिरहेकै बेला गएको भूकम्पको झड्का काडमाडौंसहित विभिन्न जिल्लामा महसुस भएको थियो । भूकम्पबाट के कति क्षति भयो भन्नेबारे विवरण प्राप्त भइसकेको छैन । पछिल्लो समय ५ रिक्टर स्केलसम्मको भूकम्प गइरहे पनि सो भन्दा माथिका भूकम्प लामो समयपछि आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७