काठमाडौंसहित विहानैदेखि देशभर बर्षा, यी प्रदेशमा सचेत रहन आग्रह


३१ भाद्र २०७७, बुधबार
raining

काठमाडौं, ३१ भदौं । मौसम बदली भई विहानैदेखि काठमाडौंसहित देशका विभिन्न ठाउँमा वर्षा भइरहेको मौसमविदले जानकारी दिएका छन् । अहिले प्रदेश–१ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

देशका अरु ठाउँमा पनि सामान्य बदली भइ हल्कादेखि मध्यमखालको पानी परिरहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार मनसुनी न्युनचापीय रेखाको प्रभावका कारण पानी परेको हो । आज दिउँसो पनि देशभर सामान्य बदली भइ केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

गण्डकी र प्रदेश–५ का केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति देशका धेरैजसो ठाउँको मौसम बदली भएर हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् श्रेष्ठले बताए ।

ठूलो पानी पर्ने सम्भावना भएका ठाउँका नदीमा पानीको बहाब बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने तथा यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७