कपनमा साढे १३ लाख लुट्ने पाँचै जना युवालाई कोरोना संक्रमण


३१ भाद्र २०७७, बुधबार
kapan

काठमाडौं, ३१ भदौं । काठमाडौंको कपनस्थित आनी गुम्बा नजिक सस्तोमा सुन किन्न बोलाएर १३ लाख ५० हजार लुटपाट अभियोगमा पक्राउ परेका पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुढानिलकण्ठ नगरपालिका–११ मा उदयपुर चौदण्डीका निराहाङ राईलाई भदौ १८ को साँझ पाँच जनाको समूहले लुटेका थिए । लुटपाटको उजूरीपछि महानगरीय अपराध महाशाखा र वृत बौद्धको टोलीले उनीहरुलाई पक्रेर हिरासतमा राखेको थियो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका चार जना र सर्लाहीका एक जना छन् । संक्रमण पुष्टि भएपछि आरोपीलाई जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको आइसोलेशनमा भर्ना गरिएको छ । थुुनुवा बाहेक, महानगरीय प्रहरी वृत बौद्धका १६ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७