विपी प्रतिष्ठानमा सप्तरीका कोरोना संक्रमित ३५ वर्षीय युवकको मृत्यु


३१ भाद्र २०७७, बुधबार
bp kovid

काठमाडौं, ३१ भदौं । कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक कोरोना संक्रमितको ज्यान गएको छ । सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

२८ भदौमा कोरोना पोजेटिभ देखिएका उनलाई ३० भदौमा प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा आज (बुधबार) विहान ६ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

प्रवक्ता सापकोटाका अनुसार एक वर्षयता मृगौलामा समस्या भएका कारण उनी नियमित डाइलसिस गराइरहेका थिए । हप्तामा दुई पटक डाइलसिस गर्ने युवकमा उच्च रक्तचापको पनि समस्या थियो ।

यसअघि मंगलबार दिउँसो धरान उपमहानगरपालिका–१७ का ७३ वर्षीय पुरुषको मृत्यु भएको थियो । सप्तरीका युवकसँगै प्रदेश–१ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ५१ पुगेको छ । तीमध्ये १४ जना प्रदेश–२ र ३६ जना प्रदेश–१ का छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७