बहराइनका राजकुुमारसहित १८ जनाको टोली हिमाल चढ्न आइपुग्यो काठमाडौंमा


३१ भाद्र २०७७, बुधबार
baharain toli

काठमाडौं, ३१ भदौं । बहराइनका राजकुमारसहितको टोली नेपालका दुई हिमाल आरोहणका लागि काठमाडौं आइपुगेको छ । आज (बुधबार) बिहान करिव ११ बजे उनीहरु चढेको जहाज काठमाडौं आइपुगेको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

उनीहरुलाई शेख इशा एयरवेजबाट विशेष विमानले काठमाडौं विमानस्थलमा ल्याएको हो । बहराइनबाट काठमाडौंका लागि उड्नुअघि उनीहरुलाई बहराइनस्थित नेपाली दूतावासले बिदाई गरेको थियो ।

बहराइनको रोयल गार्डमा कार्यरत १५ जना बहराइनी नागरिक र ३ जना बेलायती टोलीमा सहभागी छन् । जहाज बहराइनबाट राती १२ः३० बजे स्थानीय समयअनुसार काठमाडौंका लागि उडेको थियो । दूतावासका अनुसार यो टोली नेपालमा दुई महिना बस्ने छ ।

त्यसक्रममा लोबुचे र मनास्लु हिमाल आरोहण गर्नेछ । यो आरोहणलाई टोलीले आगामी वसन्त ऋतुमा सगरमाथा आरोहणको पूर्वतयारीका रुपमा हेरेको जनाइएको छ ।

पर्वतारोहणमा सहभागी हुने सदस्य तथा विमान चालक दलका सदस्य पछिल्लो १५ दिन देखि सेल्फ क्वारेन्टिनमा रहेको समेत दूतावासले जनाएको छ । त्यसपछि उनीहरुको कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा सबैको नेगेटिभ नतिजा आएको छ ।

यो टोलीले नेपालमा रहँदा समेत सरकारले तोकेका स्वास्थ्य मापदण्ड पुरा गर्ने भएको छ । टोलीलाई बहराइनबाट बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगको द्वितीय सचिव अरुणा घिसिङ, श्रम सहचारी दामोदर दाहाललगायतले बिदाई तथा शुभकामना दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७