डा. शशांक कोइरालाको आईसीयूमा उपचार, रेम्डिसिभियर औषधि चलाइयो


३१ भाद्र २०७७, बुधबार
sashak koirala

काठमाडौं, ३१ भदौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालामा कोभिड–१९ को लक्षण देखिएपछि आईसीयूमा उपचार थालिएको छ ।

कोरोना संत्रमण भएपछि घरमै आइसोलेसन बसिरहेका कोइरालालाई मंगलबार साँझ एक्कासी ज्वरो आएपछि उनलाई ओम अस्पताल भर्ना गरिएको उनका सहयोगी भरत तिवारीले जानकारी दिएका छन् ।

हिजो राति एक्कासी ज्वरो आएपछि अस्पताल भर्ना गरिएको बताउँदै तिवारीले अहिले ज्वरो नभएको बताएका छन् । अझै चार–पाँच दिन अस्पतालमै राखेर कोइरालाको उपचार जारी राखिने तिवारीले जानकारी दिएका छन् ।

कोइरालाको उपचारमा ओम अस्पतालका डाइरेक्टर समेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वमा सिनियर कन्सल्ट्यान्ट इन्टेन्सिभिस्ट डा. सुवोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिस्ट डा. प्रमोद सुन्दर श्रेष्ठलगायतको टिम संलग्न छ ।

अस्पताल भर्ना गरिएका कोइरालालाई रेम्डिसिभिर औषधि चलाएको अस्पताल स्रोतले जानकारी दिएको छ । कोइरालालाई भदौ २३ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७