नेपाली फुटबल खेलाडी परियारले भारतीय क्लबबाट खेल्ने


३१ भाद्र २०७७, बुधबार
jTSmPmi8EJdTly9Ig4vv

काठमाडौं, ३१ भदौं । नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन् ।

भारतको ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो । उनले सामाजिक सञ्जालमार्फत आफू भारतको अहमदाबादबाट खेल्न लागेको जानकारी गराएका छन् । आई लिगका लागि परियार बिहीबार भारत जाँदै छन् ।

परियार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) एकेडेमीबाट उत्पादित खेलाडी हुन् । उनले गत वर्षको ‘ए’ डिभिजन लिग न्यूरोड टिम (एनआरटी) बाट खेलेका थिए ।

परियार गत वर्ष मंसिरमा नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले स्वर्ण पदक जित्दा टोलीको महत्वपूर्ण सदस्य थिए । अघिल्लो महिना नेपालका अर्का खेलाडी अभिषेक रिजाल पनि भारतीय क्लबमा आवद्ध भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७