२४ घण्टामा हालसम्मकै धेरै कोरोना संक्रमण पुष्टि {भिडियाे}


३१ भाद्र २०७७, बुधबार
korona gautam1

काठमाडौं, ३१ भदौ । बितेको २४ घण्टामा देशभर १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २४ घण्टामा यतिधेरै संक्रमित थपिएको यो संख्या हालसम्मकै उच्च हो । यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा १ हजार ६८ जना संक्रमित निको भएको पनि जानकारी दिए । उनका अनुसार हालसम्म संक्रमितमध्ये निको हुनेको कुल संख्या ४१,७०६ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या ३७९ पुगेको छ ।
बुधबार थप १०६८ जना डिष्चार्ज भएका छन् । यो संगै डिष्चार्ज हुनेको संख्या ४१ हजार ७०६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

हाल होम आइशोलेशनमा ७७०१ जना रहदा संस्थागत आइशोलेशनमा ८५४१ जना रहेका छन् । हालसम्म ८ लाख ७२ हजार २७४ वटा पिसिआर भएको उहाले जानकारी दिए ।

त्यस्तै हाल सक्रिय संक्रमितको संख्या १६,२४२ रहेको छ । त्यस्तै क्वारेन्टाइनमा ७८२० जना रहेका छन् ।

शंकास्पद व्यक्तिको मृत्यु भएमा पीसीआर परीक्षण नगर्न निर्देशन

कोरोना शंकास्पद व्यक्तिको मृत्यु भएमा पीसीआर परीक्षण नगर्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ ।

शंकास्पद व्यक्तिको मृत्यु भएमा मृतकको नमुना संकलन भइरहेकोमा अब यसो गर्न नपर्ने जानकारी दिए । उनले शबबाट नमुना निकाल्न नपर्ने तर मृतकको सम्पर्कमा आएकाहरुलाई भने क्वारेन्टिनमा राख्नुपर्ने उनले बताए । तर मृतकको सम्पर्कमा आएकाहरुलाई भने क्वारेन्टिनमा राख्नुपर्ने उनले बताए । उनले यससम्बन्धी निर्देशिका परिमार्जन गर्दै लैजाने जानकारी पनि दिए ।

त्यस्तै कोरोना परिक्षणका लागि लिएका नतिजामध्ये नेगेटिभ आएका नजिता एक महिना र पोजेटिभ देखिएका नमूनाहरु तीनमहिनासम्म स्टोर गरेर राख्नुपर्ने निर्णय भएको बताए ।
त्यस्तै कोरोना परिक्षण गर्दा हालको वसोबास गर्ने स्थानको रेकर्ड राख्न पनि मन्त्रालयले ल्यावहरुलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७