बामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित


१ आश्विन २०७७, बिहीबार
Bamdev Gautam

काठमाडौं, १, असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बिहीबार) गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी हुन् ।

मन्त्रिपरिषदको सोमबारको बैठकले राष्ट्रियसभाको खाली सिटमा गौतमलाई मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

त्यसको चार दिनपछि राष्ट्रपतिले गौतमलाई मनोनयन गरेकी हुन् । गौतमको मनोनयन भइसकेको र अब संघीय संसदलाई जानकारी गराउने राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका छन् ।

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट फागुनदेखि खाली थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७