आज थपिएका १,२४६ कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?


१ आश्विन २०७७, बिहीबार
nepal map

काठमाडौं, १, असोज । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार २४३ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म ४२ हजार ९४९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ६४१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ८२ हजार ९०३ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ७ हजार ९०३ जना र होम आइसोलेसनमा ८ हजार ३३८ जना रहेका छन् । आजसम्म देशभर ७ हजार ८८३ जना क्वारेन्टिनमा रहेका छन् ।

देशभर ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १८२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

कोरोनाबाट तीन महिलासहित थप चारको मृत्यु, मृतक संख्या ३८३ पुग्यो
नेपालमा पछिल्लो २४ घण्टामा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३८३ पुगेको छ ।

चार जिल्लाका तीन महिला र एक पुरुष गरी चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मोरङकी ६४ वर्षीया महिला, काठमाडौंका ८७ वर्षीय पुरुष, चितवनकी ३६ र कैलालीकी ५७ वर्षीया महिलाको मृत्यु भएको हो ।

यसअघि नेपालमा बुधबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ ।

आज (विहीबार) कुन जिल्लामा कति संक्रमित थपिए ?

1 4
2 3
3 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७