डब्ल्युएचओ भन्छन्, ‘कोरोनाले गम्भीर स्थिति निम्तिने खतरा छ’


२ आश्विन २०७७, शुक्रबार
corona virus g4ko7T8Z3W

काठमाडौं, २ असोज । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशकले पछिल्ला केही दिनदेखि युरोपमा कोरोना भाइरसको संक्रमणको आँकडा हेरेर यसमा निकै गम्भीर हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

हान्स क्लूगले पछिल्लो दुई हप्तामा युरोपका सदस्य देशमा कोरोनाको नयाँ सक्रमितको संख्यामा दोब्बरको वृद्धि भइरहेको बताएका छन् । ‘हाम्रो सामुन्ने निकै गम्भीर स्थिति निम्तिने खतरा छ,’ उनले भने ।

संसारभरी कोरोना संक्रमितको संख्या ३ करोड नाघेपछि उनले सो कुरा बताएका हुन् । गत वर्ष चीनबाट शुरु भएको यो भाइरसका कारण हालसम्म ९ लाख ४२ हजार बढीको मृत्यु भएको छ ।

बिहीबार कोपेनहेगनमा बोल्ने क्रममा क्लूगले अघिल्लो हप्ता युरोपभरी ३ लाख नयाँ संक्रमित थपिएको जानकारी दिए । मार्च महिनामा महामारी उत्कृर्षमा पुगेका बेलाभन्दा अहिले संक्रमण बढिरहेको उनले बताए ।

‘यो संख्या व्यापक परीक्षणको नतिजा हो तर, पनि यो क्षेत्रमा भाइरसको संक्रमण खतरनाक स्तरमा पुग्न लागेको बताउँछ,’ उनले पत्रकारलाई भने । यो आँकडालाई हामी सबैले निकै गम्भीर रुपमा लिनुपर्छ ।

यता अस्पतालमा बिरामीको चाप र मृत्युदरमा भने वृद्धि देखिएको छैन यद्यपि, स्पेन र फ्रान्समा संक्रमितको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ ।

हाल विशेषगरी युवा वर्गमा कोरोनाको संक्रमण अत्यधिक देखिएको छ । यी संक्रमण ज्येष्ठ नागरिकमा फैलिए, स्थिति थप चिन्ताजनक हुने बताइएको छ ।

डब्ल्यूएचओका अनुसार महामारीको शुरुवातदेखि अहिलेसम्म युरोपमा ५० लाख संक्रमित भेटिएका छन् भने २ लाख २८ हजारको मृत्यु भइसकेको छ । स्रोत : बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७