माछापुच्छ्रे बैंकले १०.४ प्रतिशत लाभांस दिने, बन्यो लाभांश घोषणा गर्ने पहिलो बैंक


१ आश्विन २०७७, बिहीबार
Machhapuchhre bank

काठमाडौं, १ असोज । माछापुच्छ्रे बैंकले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई लाभांश दिने भएको छ । बैक लाभाश घोषणा गर्ने पहिलो बैंक बनेको छ । बैंकले १०.४ प्रतिशत लाभांश दिने जनाएको छ ।

कुल लाभांश मध्ये ७.०३ प्रतिशत बोनस सेयर र ३.३७ प्रतिशत नगद लाभांस दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकको घोषणाको कार्यान्वन नेपाल राष्ट्र बैंकले स्विकृति दिएपछि र बैंकको साधारणसभाले पारित गरेपछि हुनेछ ।

बैंकले गत आर्थिक वर्षमारु.१ अर्व २६ करोड ५१ लाख रुपैया खुद नाफा गरेर प्रतिशेयर आम्दानी रु.१४ रुपैया ९६ पैसा कायम गरेको थियो । चुक्ता पूँजीरु.८ अर्व ४५ करोड ८४ लाख रहको माछापुच्छ्रे बैंकको साधारण जगेडा कोषमा रु.१ अर्व ७० करोड रुपैया संचित रहेको छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १५९ वटा शाखाहरु,१३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९२ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७