मुक्तिनाथ विकास बैंकले सुरु गर्‍यो ‘इ-टेलर’


१ आश्विन २०७७, बिहीबार
muktinath bank scaled

काठमाडौं,१ असोज । मुक्तिनाथ विकास बैंकले इ-टेलर सुरु गरेको छ। कोरोना महामारी कालमा सुरक्षित कारोबारका लागि यो सेवा सुरु गरिएको बैंकले जानकारी दिएको छ।

यो सेवामा ग्राहकहरुले चेक बिनै मोबाइल बैंकिङ्ग एपमा लगइन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्नेछन् । यो सेवा बैंकको सबै शाखाहरुमा उपलब्ध हुने बैंकले जानकारी दिएको छ।

बैंकले नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको बताएको छ।

बैंकका ग्राहकले भिसा नेटवर्क अन्तर्गतअन्तर्गत जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सक्ने छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७