आजदेखि टेलिकमको अनलिमिटेड अफर


२ आश्विन २०७७, शुक्रबार
ntc 4g

काठमाडौं, २ असोज । संविधान दिवसका अवसरमा आज असोज २ देखि ४ गतेसम्मका लागि अनलिमिटेड युट्युब, फेसबुक तथा अन्य विभिन्न प्याक उपलब्ध गराइएको नेपाल टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपैंयाँ प्रतिप्याक खरिद गरी खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिने छ ।

साथै अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक खरिद गर्ने ग्राहकले एड अन प्याकका रुपमा १५ रुपैयाँमा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधा समेत उपलब्ध गराइएको छ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिने टेलिकलमे जनाएको छ ।

टेलिकमा अनुसार हाल समर अफरअन्तर्गत २८ दिन समयावधि हुने १ जीबी दैनिक डाटा प्याक लिन ८ सय ५० रुपैयाँ लिने गरिएकामा संविधान दिवसका अवसरमा यसमा पनि ३४ दशमलव ७ प्रतिशत छुट गरिएको छ । जसअनुसार अब यो प्याक असोज ४ गतेसम्म ५५५ रुपैयाँमै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७