नविल बैंकको चाडपर्व अफर: ७.४९ प्रतिशत ब्याजदरमा घर कर्जा, मुद्दती निक्षेपमा ९.२५ प्रतिशतसम्म ब्याजदर


१ आश्विन २०७७, बिहीबार
nabil bank 1024x683 1

काठमाडौं, १ असाेज ।  नविल बैंकले चाडपर्वको अवसरमा कर्जा तथा निक्षेपमा नयाँ योजना ल्याएको छ। बैंकले निक्षेपमा उच्च ब्याजदर ग्यारेन्टी गर्दै कर्जामा सहुलियत ब्याजर सुनिश्चित गर्ने प्रतिबद्धतता जनाएको छ।

व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा आकर्षक योजना ल्याइएको बैंकले जानकारी दिएको छ।

बैंकले निक्षेप योजनामा १३ देखि २४ महिनासम्मका लागि व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९ प्रतिशत ब्याजदर, १ वर्षसम्मको मुद्दती बचतमाम ८.५ प्रतिशत, २ वर्ष देखि ५ वर्षसम्मको व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.२५ प्रतिशत ब्याजदर र ५ वर्षमाथिको व्यक्तिगत मुद्दती खातामा बार्षिक ९।५० प्रतिशत ब्याजदर प्रदान दिने भएको छ।

बैंकले घर कर्जामा :७.४९ प्रतिशत, धितो कर्जामा र व्यक्तिगत ओभरड्राफ्टमा ७.९९ प्रतिशत साना तथा मझौला कर्जामा एक करोड सम्मको कर्जामा ७.४९ प्रतिशत र एक करोड भन्दा माथिको कर्जामा ७.९९ प्रतिशत दिने भएकाे छ ।

यो योजनामा दिइएका कर्जाको ब्याजदर एक वर्षसम्म परिवर्तन नगर्ने बैंकले जानकारी दिएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७