मेसीले आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने, नौं वर्षपछि जिते लडाईं


२ आश्विन २०७७, शुक्रबार
Lionel Messi

काठमाडौं, २ असोज । विश्व फुटबलका स्टार खेलाडी लिओनल मेसीले आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने भएका छन् ।

इयुको उच्च अदालतबाट ९ वर्षको लडाईं जितेपछि मेसीले अब आफ्नो नाम ट्रेडमार्कका रुपमा राख्न पाउने भएका हुन् ।

युरोपियन कोर्ट अफ जस्टिसले स्प्यानिस साइक्लिङ कम्पनी मास्मी र इयुको बौद्धिक सम्पत्ति कार्यालयको अपिल खारेज गरेको हो । बार्सिलोनाका स्टार मेसीले सन् २०११ मा पहिलो पटक स्पोर्ट्सवेयर ब्राण्डका लागि आफ्नो सरनेमको ट्रेडमार्क दर्ता गरेका थिए ।

तर मास्मीले उनीहरुको लोगो समान भएकाले यसले द्विविधा ल्याउने बताएको थियो । युरोपियन न्याय अदालतले जब जनता दुई ब्राण्डको भिन्नता छुट्याउन सक्षम हुन्छन् तब स्टार खेलाडीको प्रतिष्ठालाई ध्यानमा राख्न सकिने बताएको छ ।

१० नम्बरको जर्सी लगाउने ३३ वर्षीय मेसी कीर्तिमानी ६ पटक विश्वकको उत्कृष्ट खेलाडी चयन भएका छन् । फोर्ब्सका अनुसार मेसी सबैभन्दा धेर कमाइ गर्ने फुटबलर हुन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७