यस्तो छ आज जनकपुरमा हस्तान्तरण हुँदै गरेको दुई रेल (फोटो फिचर)


२ आश्विन २०७७, शुक्रबार
train 3

काठमाडौं, २ असोज । लामो समयदेखि नेपाली जनताले प्रतिक्षा गर्दै आएको आफ्नै देशको रेल चढ्ने सपना अब विपनामै पूरा हुँदै छ । धनुषाको कुर्था–जयनगर चल्ने नेपालको आफ्नै रेल नेपाली भूमिमा प्रवेश गरिसकेको छ । भारतमा निर्माण भएको रेल भारतको जयनगर स्टेशनबाट जनकपुर ल्याइँदैछ ।

अहिले रेल नेपाली भूमि प्रवेश गरेको र दिउँसोसम्म जनकपुर आइपुग्ने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन् । नेपालको राष्ट्रिय झण्डा अंकित दुई वटा रेल भारतको बिहारमा रहेको हाजीपुर स्टेसनबाट जयनगर हुँदै जनकपुर ल्याइएको हो ।

लामो समयदेखि बन्द रहेको रेल जनकपुर आउने निश्चित भएपछि स्थानीयबासिन्दा उत्साहित भएका छन् । लामो प्रतीक्षापछि जनकपुर–जयनगर रेल आज नेपाल सरकारलाई हस्तान्तरण हुँदैछ ।

भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पोरेसन लिमिटेडले बनाएको रेल जनकपुरमा आज बिहान साढे ११ बजे रेल विभागलाई हस्तान्तरण गर्न लागिएको हो ।

रेल विभागका अधिकारीहरुको उपस्थिति तथा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा रेल हस्तान्तण हुने कार्यक्रम छ ।
हेर्नुस् तस्विर

train
train 1
train 2
119483696 977869186015394 8988943283176736159 n
119596376 977869286015384 292409864209671048 n
train 4
Train 6
तस्विर स्रोत : रेल विभागका महानिर्देशक बलराम मिश्रको फेसबुक

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७