जनकपुर आइपुग्यो दुई रेल, हेर्ने र सेल्फी खिच्नेको भिड (फोटो फिचर)


२ आश्विन २०७७, शुक्रबार
rail janakpur 001

जनकपुर, २ असोज । लामो प्रतिक्षाको घडी तोड्दै अन्ततः आज (शुक्रबार) दुई नेपाली रेल जनकपुर आइपुगेको छ ।

नेपालको राष्ट्रिय झण्डा अंकित रेल भारतको पटनास्थित हाजीपुर स्टेसनबाट जयनगर हुँदै भर्खरै जनकपुर आइपुगेको हो । लामो समयको प्रतीक्षापछि कुर्था–जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि भारतबाट २ सेट रेलको बगी र ४ वटा इन्जिन नेपाल भित्रिएको हो ।

भारतको सरकारी कम्पनी कोंकण रेलवेज कर्पोरेसन लिमिटेडले बनाएको रेल रेलवे विभागले करिब ८४ करोड ६५ लाख रुपैयाँमा किनेको हो । भारतकै लगानीमा जयनगरदेखि कुर्थासम्म निर्माण भएको ३४ किलोमिटरमा रेलवेको ब्रोडगेज ट्रयाकमा पहिलो चरणमा रेल गुड्ने बताइएको छ ।

कोरोना महामारीको प्रवाह नगरी जनकपुरधारममा अहिले रेल हेर्नका लागि सर्वसाधारणको भीड लागेको छ । कतिपयले रेलमा चढेर तस्वीर (सेल्फी) समेत लिन भ्याएका छन् ।

रेल हेर्न गाउँगाउँबाट सर्वसाधरण नागरिक उर्लिएपछि ठाउँ–ठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । रेल हेर्नका लागि केटाकेटीदेखि प्रौढसम्म विहानैदेखि भेला भएका छन् ।
हेर्नुस् तस्विरहरु

rail janakpur 008
train 3 1
train

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७