‘भारतका १० सीमा गस्ती क्षेत्रमा चिनियाँ सैनिकको कब्जा’


३ आश्विन २०७७, शनिबार
chinese army BRE43Z7mfj

काठमाडौं, ३ असोज । भारत–चीन सीमा क्षेत्रको पूर्वी लद्दाखमा भारतका कम्तीमा १० वटा गस्ती गर्ने क्षेत्र चिनियाँ सैनिकले कब्जा गरेका भारतले आरोप लगाएको छ ।

सीमाको वास्तविक नियन्त्रण रेखा (एलएसीमा) रहेका भारतका गस्ती क्षेत्रमा चिनियाँ सैनिकले भारतीय सैनिकलाई जान नदिएको द हिन्दुस्तान टाइम्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
भारतीय सैनिकले बेस क्याम्पबाट ती क्षेत्रसम्म गस्ती गर्दै आएका थिए । भारतीय सेनाले गएको अप्रिलदेखि गस्ती क्षेत्र नम्बर ९, १०, ११, १२, १२ ए मा गस्ती गर्न पाएका छैनन् ।

यस्तै गस्ती क्षेत्र नम्बर १३, १४, १५, १७ र १७ ए मा पनि भारतीय सैनिक जान नपाएको खबरमा उल्लेख छ । यी गस्ती क्षेत्रहरु उत्तरमा डेपसाङ्ग मैदानदेखि दक्षिणमा प्याङ्गोङ्ग तालसम्मका रहेका छन् । सीमा क्षेत्रमा देखिएको तनाव कम गर्न पछिल्लो केही महिनामा केही वार्ताहरु भइरहेको भए पनि चीनले सीमा क्षेत्रमा विभिन्न तयारीहरु गरिरहेको छ ।

वास्तविक नियन्त्रण रेखा अपरिभाषित रहेकाले कुनै पनि क्षेत्रमा आफ्नो दाबी प्रस्तुत गर्न गस्ती क्षेत्रमा बस्नु उपयुक्त तरिका रहेको सीमा विद्हरुले बताएका खबरमा उल्लेख छ ।

बिहीबार मात्र भारतका रक्षामन्त्री राजनाथ सिंहले राज्यसभामा चिनियाँ सेनाले गस्ती जान अवरोध गरेपछि दुई देशबीचका सेनाबीच धक्कामुक्की हुने गरेको उल्लेख गरेका थिए । भारतका रक्षामन्त्री राजनाथ सिंहले बिहीबार मात्र चीनसँग लद्दाखमा जारी तनावको विषयमा प्रतिक्रिया जनाएका छन् ।

राज्यसभामा बोल्दै सिंहले त्यस क्रममा देशको हितका लागि भारतले जस्तोसुकै कठिन कदम उठाउन तयार भएको बताएका थिए । उनले चिनियाँ खतरासँग जुध्न हाम्रा सेना तयार रहेको बताउँदै आइपरे ठूलो कदम चाल्ने उल्लेख गरेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७