वार्ता चलिरहेका बेला अफगानिस्तानमा भिषण भीडन्त, २३ सैनिक र ३१ विद्रोहीको मृत्यु


३ आश्विन २०७७, शनिबार
taliwan zkZq9UNUvZ

काबुल, ३ असोज । अफगानिस्तानका दुई स्थानमा सुरक्षाकर्मी र विद्रोही लडाकुबीच भएको भिषण भिडन्तमा २३ सैनिक र ३१ लडाकुको मृत्यु भएको छ । घटनामा अरु दर्जनौं लडाकु घाइते भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

पूर्वी नानगाहर र बाग्गिस प्रान्तमा दोहोरो भीडन्त भएको हो । अफगानिस्तानमा स्थायी शान्ति स्थापनाका लागि सरकार र तालिबान समूहका नेताहरुबीच वार्ता भइरहँदा भीडन्त भएको हो ।

स्थानीय मिडियाका अनुसार नान्गाहर प्रान्तमा २० सैनिक र २९ तालिवान लडाकूको मृत्यु भएको थियो भने कम्तीमा १५ सैनिक र २० लडाकू घाइते भए । यस्तै बग्गिस प्रान्तमा तीन सैनिक र दुई विद्रोहीको मृत्यु भएको बताइएको छ । यस घटनामा सेनाले लडाकूको आक्रमणको जवाफी फायरिङ गरेको जनाएको छ ।

अफगानिस्तानमा २ दशकदेखि जारी युद्ध अन्त्य गर्ने भन्दै कतारमा सरकारी प्रतिनिधि र विद्रोही प्रतिनिधिबीच वार्ता जारी छ । जुन वार्ताले नै अफगानिस्तानमा स्थायी शान्ति स्थापना गर्ने अपेक्षा गरिरहँदा भएको यो ठूलो भीडन्तलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७