कोरोना पुष्टि भएपछि आइसोलेसनमा बस्न जाँदै गरेका इन्जिनियरको दुर्घटनामा मृत्यु


३ आश्विन २०७७, शनिबार
Bus accident दुर्घटना 1

चितवन, ३ असोज । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्न मोटरसाइकलमा चितवनतर्फ (घर) जाँदै गरेका इन्जिनियरको सवारी दुर्घटनामा परी ज्यान गएको छ ।

जिल्ला आयोजना कार्यान्वयन इकाइ, हेटौंडामा कार्यरत इन्जिनियरको शनिबार सवारी दुर्घटनामा परी मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाका अनुसार उनलाई शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका– ३ स्थित नेवारपानी र मकवानपुरको पश्चिमी क्षेत्र मनहरि गाउँपालिका– ९ रजैयाको सिमाना खलंगामा उनी सवार ना.४ ९प २४०० नम्बरको मोटरसाइकललाई चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.३ ख ९६६४ नम्बरको मिनी बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

उपचारार्थ हेटौंडा ल्याउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकमा कोरोना संक्रमण पुष्टि भएकोले दाहसंस्कारबारे छलफल गर्न उनको परिवारलाई बोलाइएको र नेपाली सेनासँग समन्वय भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७