भारतीय अभिनेत्री पायल घोषले लगाइन् फिल्म निर्माता कश्यप अनुरागलाई बलात्कारकाे आरोप


४ आश्विन २०७७, आईतवार
d0466957e0ea7ad910d35ee3ef4faf75 w1000 h500 cp

नयाँदिल्ली, ४ असोज । भारतीय अभिनेत्री पायल घोषले चलचित्र निर्माता कश्यप अनुरागलाई यौन उत्पीडनको आरोप लगाएकी छन् ।

पायल घोषले अनुराग कश्यपको ट्वीटरमा ट्याग गर्दै लेखेकी छन्, ‘अनुराग कश्यपले मलाई जबरजस्ती गरे । नरेन्द्र मोदीजी तपाईंलाई मेरो अनुरोध छ– यिनीविरुद्ध कारबाही गर्नुस् र देशलाई थाहा होस् कि वास्तविकता के हो । मलाई थाहा छ कि यो भन्नु मेरालाई हानिकारक छ र मेरो सुरक्षामा खतरा छ । कृपया मलाई मद्दत गर्नुहोस् ।’

1 7

पायलको ट्वीटलाई अभिनेत्री कंगना रनौतले रिट्वीट गर्दै ‘मिटु’ मा ह्यासट्याग गरेर लेखेकी छन्, ‘हरेक आवाज महत्वपूर्ण अनुराग कश्यपलाई गिरफ्तार गरियोस् ।’

2 6

पायल घोषको ट्वीटलाई रिट्वीट गर्दै राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माले पूरै घटनाको जानकरी मागेकी छन् । लेखेकी छन्, ‘तपाईं मलाई आफ्नाबारे सबै कुरा पठाउन सक्नु हुनेछ । जसबाट मैलै सबै घटना जान्न सकूँ ।’

3 5
anurag
कश्यप

जवाफमा पायल घोषले पुनः लेखेकी छन्, ‘धन्यवाद, म तपाईंले भने जस्तो गर्नेछु ।’ अनुराग कश्यपले अबेर राति १२ः३८ बजे हिन्दीमा चार वटा ट्वीट गरेर आरोप झुटो भएको दाबी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७