युएइ सरकारलाई पर्यटन र हवाइ क्षेत्रमा लगानी गर्न मन्त्री भट्टराईको आग्रह


४ आश्विन २०७७, आईतवार
CKK KTM MantriYogeshBhattari2 1

काठमाडौं, ४ असोज । सँस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (युएइ) लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

आज (आइतबार) सँस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई र संयुक्त अरव इमरेटस (युएई) का राजदूत सईद हमदान अल नाक्बीबीच भएको शिष्टाचार भेटमा मन्त्री भट्टराईले उड्ययनको क्षेत्रमा युएई सरकार र ब्यवसायीहरुलाई आग्रह गरेका हुन् ।

मन्त्री भट्टराईले कोभिड–१९ को समयमा युएईबाट नेपाल फर्कन चाहने नेपाली श्रमिकहरुको उडानका लागि युएई सरकारको सहकार्यको प्रशंसा गर्दै आउँदो दिनमा पनि सहकार्य जारी राख्न अनुरोध गरे ।

राजदूत नाक्बीले काठमाडौं–युएई उडान थप गर्न आग्रह गरेका थिए । सो सम्बन्धमा मन्त्री भट्टराईले सकारात्मक भई चाँडै निर्णय लिने जानकारी गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७