२१ लाख रुपैयाँ बराबरको पेट्रोल बोकेको ट्यांकर दुर्घटना {भिडियो}


४ आश्विन २०७७, आईतवार
tankar accident

काठमाडौं ४ असोज। पेट्रोल बोकेर काठमाडौंका लागि छुटेको एउटा ट्यांकर दुर्घटना भएर त्रिशूली नदीमा खसेको छ । भारतको बरौनीेबाट २० हजार लिटर पेट्रोल बोकेर आएको ट्याकंर दुर्घटनामा परेको हाे।

ना ४ ख २८२२ नम्बरको ट्यांकर धादिङको गल्छी गाउँपालिका ६ चरौंदीबाट त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नदीमा खसेको ट्यांकमा आगलागी भएको थियो । दमकलको सहायताले आगो निभाइसकिएपनि ट्यांकर भने नदीमै रहेको छ ।

दुर्घटनामा परेका ट्यांकरका चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ का ३६ वर्षीय सुदिप बोहरा र सहचालक सोही ठाउँका २२ वर्षीय मनिष नगरकोटी सकुशल छन् ।

उक्त ट्याकंर भदौ २६ गते बरौनीमा लोडभएको प्रारम्भिक जानकारी प्रााप्त भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । अप्सरा कँडेलको नाममा रहेको उक्त ट्यांकर ट्याकंर दुर्घटनाको कारणबारे अनुसन्धान भई रहेको निगमले जनाएको छ । ट्यांकरमा २१ लाख ४० हजार रुपैयाँ बराबरको पट्रोल लोड भएको थियो ।


भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७