सांग्रिला डेभलपमेन्ट बैंककाे ग्रिन पिन सेवा संञ्चालनमा


६ आश्विन २०७७, मंगलवार
Sangrila development bank

काठमाडाैं, ५ असाेज । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रिन पिन सेवा संञ्चालनमा ल्याएको छ । सहज र डिजिटल बैंकिङ्ग सेवा दिदैं आईरहेकोमा थप सेवा मजबुत गर्दै बैकले डेबिट कार्ड लिदा पिन को जानकारी मोबाईलमा पाउनसक्ने सेवा संञ्चालनमा ल्याएकाे जनाएकाे छ ।

यसबाट कागजबाट लिईने पिन लिन ग्राहक महानुभावहरु बैंक आई राख्नु नपर्ने र सजिलै आफ्नो मोबाईलबाट डेबिट कार्डको पिन पाउन सक्नेछ ।

आफ्नो नयाँ कार्ड कुनै पनि सांग्रिला डेभलपमेन्ट बैंकको एटीएममा हाल्ने बित्तिकै बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा एसएमएस मार्फत ग्रीन पिन प्राप्त हुनेछ ।

सम्बन्धित ब्यक्तिको मोबाईल नम्बरमै पिन जाने हुँदा यो सेवा पहिले भन्दा अझै सुरक्षित हुने विश्वास बैंकले लिएको छ । सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुबाट यो सेवा उपयोग गर्न सकिने छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७