नायिका नम्रता श्रेष्ठ ‘जाइरा’ बन्दै


२४ माघ २०७४, बुधबार

काठमाण्डौं, २४ माघ :फिल्म ‘जाइरा’ निर्माणको औपचारिक घोषणा भएको छ । फिल्म बन्ने खबर केही अघि सार्वजनिक भएपनि निर्माण पक्षले औपचारिक जानकारी दिएको थिएन।namrata shrestha 2

जाइरामा अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता अनुपविक्रम शाहीले जोडी बाँध्दैछन् ।निर्माण युनिटका अनुसार फागुनको तेश्रो सातादेखि छायांकन शुरु हुने जनाइएको छ । फिल्मको सम्पूर्ण छायांकन काठमाडौंमा हुने बताइएको छ । ट्रेन्डसिटर्सको ब्यानरमा बन्ने आशुतोषराज श्रेष्ठले निर्देशन गर्नेछन्।Screenshot Capture 2018 01 11 12 29 50

श्रेष्ठको लागि जाइरा निर्देशकिय डेब्यु हुनेछ । जाइरामा अन्य कलाकार रेमनदास श्रेष्ठ, कलाकारहरु प्रमोद अग्रहरी, सृजना रेग्मी, संगीता नापित र सम्राट मगरको मुख्य भूमिका रहनेछ । फिल्मका लागि नम्रता एक्सन क्लासमा व्यस्त छिन् ।बाबु सुरेश श्रेष्ठले खिच्ने फिल्म जाइरामा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन रहने छ । फिल्ममा प्रशन्न गोपाली प्रमुख कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७