सडकमा हिंडिरहेकालाई पहिरोले पुर्दा दुई जना बेपत्ता


६ आश्विन २०७७, मंगलवार
1563014828.sadak pahiro
फाइल फोटो

गुल्मी, ६ असोज । गुल्मी जिल्लाको इश्मा गाउँपालिका– २ स्थित रातचौर र स्याँलाबीचमा तम्घास रातडाँडाको सडक खण्डमा बाटो हिंडिरहेका दुई जना पहिरोमा पुरिएर बेपत्ता भएका छन् ।

सोमबार राति करिब ८ः३० बजेतिर सडकमा हिंडिरहेका ३९ वर्षीय प्रेमबहादुर कुमाल र ५ वर्षीय सफल कुमाल बेपत्ता भएका हुन् ।

सडकमा हिंडिरहेका अर्का एक जनाको भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यायलय गुल्मीका प्रवक्ता डिएसपी केदारराज पन्तले जानकारी दिएका छन् । बेपत्ताको खोजी कार्य भइरहेको प्रवक्ता डिएसपी पन्तले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७