विप्लव समूहमा कोरोनाको ‘बबाल’, कमरेडहरुलाई मरिने ‘त्रास’


७ आश्विन २०७७, बुधबार
Biplab

काठमाडौं, ७ असोज । मोरङ, इलाम, सुनसरी र महोत्तरीका जेलमा विप्लव माओवादी पार्टीका तीन दर्जन जति कार्यकर्ता बन्दी छन् ।

राज्यद्रोह आरोपबाट अदालतले मुक्त गरे पनि थप विभिन्न अभियोग लगाउँदै प्रशासनले विभिन्न जेलमा अड्डासार गर्दै आएको छ ।

महामारीका बेला ती कार्यकर्ता कोरोना लाग्ने भयले त्रस्त छन् । मोरङ र सुनसरी जेलमा रहेका कार्यकर्ताले चाहिँ आफूहरूलाई कोरोना लागिसकेको बताए भने अन्य जेलमा रहेकाहरूले भने आफू कोरोनाको उच्च जोखिममा रहेको कमाण्डलाई जानकारी गराएका छन् ।

उनीहरूले आफू फौजदारी अपराधको अभियुक्त नभएर आस्थाका बन्दी भएकाले राज्यले विशेष चासो दिएर अलग्गै आइसोलेसनमा राख्नुपर्ने, पिसिआर परीक्षण गराउनुपर्ने र पोजेटिभ पाइएकाहरूलाई उचित उपचार गराउनुपर्ने मागसमेत राखेका छन् ।

विप्लव मओवादीको पूर्वी कमाण्ड अन्तर्गत इलाम कारागारमा पुष्प कोइरालालगायत ४ जना छन् । मोरङमा नन्दबहादुर बोहरा (जोखिम), कृष्ण चौलागाईं, कुमार खतिवडालगायत चार जना छन् ।

सुनसरीको झुम्का कारागारमा देवबहादुर लिम्बू (संगीत), त्रिलोचन विश्वकर्मा र राजेन्द्रसहित चार जना छन् । संखुवासभामा माइला लामालगायत ४ जना छन् । यसैगरी प्रदेश २ को महोत्तरीमा दीपक विष्टसहित १२ जना । महोत्तरीमा एक महिला कार्यकर्ता टाउकाको सिकिस्त बिरामी पनि छन् ।

जेलमा रहेका कार्यकर्ताले आफूहरूलाई जुनसुकै बेला पनि कोरोना सल्कने वा सल्किसकेको तर आस्थाका बन्दी भए पनि सम्मानपूर्ण व्यवहार नगरेको बताइरहेको खबर जनआस्था साप्ताहिकले छापेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७