समाजलाई चुनौति दिंदै दीपक–दीपाले गरे विहे !


२४ माघ २०७४, बुधबार
Deepak Deepa 1

काठमाण्डौं, २४ माघ : कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको सहकार्य लामो समयको छ । उनीहरुको यो सहकार्यमा बेलामौका प्रश्न गर्नेहरु पनि धेरै छन् । अहिले यहि शंकामा लङ्का जलाउन सहयोग पुग्ने दीपक–दीपाको चलचित्र सार्वजनिक भएको छ ।Deepak Deepa 1

हाँस्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौला अभिनित सामाजिक चलचित्र ‘हुन्नरी’ मा उनीहरुबीच विवाहको दृष्य देखाइएको छ । सामाजिक सुरक्षा भत्ताबारे चेतना जगाउन निर्माण गरिएको चलचित्रमा दीपक र दीपालाई प्रेमी–प्रेमिकाको रुपमा देखाइएको छ ।

शारिरीक रुपले अशक्त सोझो गाउँले केटाको भूमिकामा दीपकले अभिनय गरेका छन् भने दीपा विधवा महिलाको भूमिका छिन् । समाजलाई चुनौति दिंदै यी दुईले विवाह गरेर सामाजिक सुरक्षा भत्ता बापत पाएको पैसा बचत गरेर ठूलो काम गर्न सफल भएको विषयलाई चलचित्रमा देखाइएको छ । समाजिक सुरक्षा भत्ताको सही सदुपयोग भएमा गतिलो काम गर्न सकिने सन्देश चलचित्रले दिएको छ ।

केन्द्रिय पञ्जिकरण विभागका लागि सेभ द चिल्ड्रेनको सहयोगमा शुभ मिडिया होमले निर्माण गरेको यस चलचित्रलाई दीपक आचार्यले निर्देशन गरेका हुन् । अभिमन्यु निरवीको लेखन रहेको चलचित्र गोकुल अधिकारीले खिचेका हुन् भने अमन मानन्धरले सम्पादन गरेका हुन् । चलचित्रमा दीपक–दीपासँगै देशभक्त खनाल, लक्ष्मण विक्रम बस्नेत, लक्ष्मी गिरी, निरु खड्का, दीपक आचार्य, कमला रेग्मी, गीता थापा, अप्सरा अधिकारीलगायतको अभिनय हेर्न पाइन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७