प्रभुको ‘सहयात्रा समृद्धिको’ कर्जा योजनाः टेम्पो चालकलाई १ लाख र विद्यालय शिक्षकलाई ४ लाख कर्जा सुविधा


७ आश्विन २०७७, बुधबार
IMG 0135 EFDnpZnDmB

काठमाडौं, असोज ७ । प्रभु बैँकले ‘सहयात्रा समृद्धिको’ नामको कर्जा योजना आरम्भ गरेको छ ।

मुलतः नेपाल राष्ट्र बैंक, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकिकृत कार्य विधी २०७५ अन्तर्गतको यो कर्जा योजना आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा कोभिड–१९को कारणले प्रभाबित र समस्यामा परेका साना उद्यमी तथा व्यबसायी, स्वरोजगार उद्यमी, शिक्षीत बेरोजगार युवा, विदेशबाट फर्केका बेरोजगार युवा, परम्परागत पेशा र व्यबसायमा संलग्न उद्यमीहरुको बिद्यमान अर्थिक कठिनाईलाई व्यवस्थापन गर्न र यस माहामारीमा उनीहरुका पेशा, उद्यम र व्यवसायहरुलाई पुन सुचारु गर्न सहयोग पुर्याउने लक्ष्यका साथ ल्याईएको बैंकले जनाएको छ ।

सहयात्रा समृद्धिको यो कर्जा योजना उक्त समुहलाई आर्थिक उन्नतीसहित जिवनभरको एउटा वित्तीय आधार र संयन्त्र तयार गर्ने एउटा प्रयास भएको बैंकले बताएको हो ।

सरकारबाट जारी लामो समयसम्मको बन्दाबन्दीको कारण उपत्यकामा टेम्पो लगायत अन्य सार्वजनिक सवारी साधनहरुमा रोक लगाएसँगै विशेषगरी महिला सफा टेम्पो चालकहरु आर्थिक संकटका बीच बाँचिरहेका छन् । नियमित रुपमा भइरहेको आम्दानी गुमाउनु परेसँगै दैनिक रोजीरोटीको लागी आर्थिक जोहो गर्न नसक्दा अहिले निकै ठूलो आर्थिक दबाबका बीच आफ्नो घरव्यवहार चलाउन उनीहरु बाध्य छन् ।

अर्कोतिर, हाल विद्यालयहरुले विद्यार्थीहरुका लागि अनलाइन कक्षाहरु संचालन गरिरहेका छन् तर शिक्षकहरुले अनलाइन कक्षा संचालनका लागि आवश्यक पर्ने इन्टरनेट पहुँच, कम्प्युटर तथा फर्निचर जस्ता न्यूनतम आवश्यकताहरुको जोहो गर्न सकेका छैनन् ।

यस कर्जा योजनाअन्तर्गत प्रथम चरणमा बैँकले काठमाण्डौ उपत्यका भित्रका महिला सफा टेम्पो चालकहरुलाई अधिकतम एक लाख र विद्यालय शिक्षकहरुलाई अधिकतम चार लाख कर्जा सुविधा सरल र सहज तरिकाले उपलब्ध गराउने भएको हो । सोही क्रममा आज यो कर्जा योजना शुभारम्भको अबसरमा काठमाडांै उपत्यका भित्रका १० जना महिला सफा टेम्पो चालकहरुलाई कर्जा प्रमाण पत्र हस्तान्तरण गरेको बैंकले जनाएको छ । यो कर्जा योजना तोकिएका अन्य पेशा, उद्यम र व्यबसाय साथै काठमाडौ उपत्यका बाहिर क्रमशःलागु गर्दै जाने पनि बैंकको योजना छ ।

‘सहयात्रा समृद्धिको’ कर्जा योजना र यसको प्रक्रियामा ग्राहकहरुले कर्जा सँगसँगै वित्तीय साक्षरता, वित्तीय व्यवस्थापन र अनुशासनको ज्ञान तथा सीपहरु सिकुन भन्ने अभिप्राय केन्द्रित छ । यस विषमताको घडीमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमामा र समस्या खेपिरहेका व्यक्ति र व्यबसायहरु यस कर्जा योजनाबाट लाभान्वित हुने विश्वास बैंकको छ ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७