मनाइयो १४ औं घुन्सा स्मृति दिवस {भिडियो}


७ आश्विन २०७७, बुधबार
gunsa diwash

काठमाडौं, ७ असोज । ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरुको सम्झनामा बुधबार १४ औं घुन्सा स्मृति दिवस मनाइएको छ ।

०६३ साल असोज ७ गते जैविक विविधतासम्बन्धी कार्यक्रममा भाग लिएर काठमाडौं फर्कने क्रममा तत्कालिन वन राज्यमन्त्री गोपाल राई, उनकी धर्मपत्नी मीना राई, वन सचिव डाक्टर दामोदर पराजुली, वरिष्ठ भूगोलविद डाक्टर हर्क गुरुङ सहित २४ जनाको निधन भएको थियो । यो दिनलाई घुन्सा स्मृति दिवस तथा राष्ट्रिय संरक्षण दिवसका रुपमा मनाउने गरिएको छ ।

स्मृति दिवसका अवसरमा गोपाल मिना राई प्रतिष्ठान र गोकर्णेश्वर नगरपालीकाले काठमाडौंको जगडोलस्थीत राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती स्मारकमा बृक्षारोपण लगाएतका कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा गोपाल मिनाराई प्रतिष्ठानका अध्यक्ष लेख राई, पार्क व्यबस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देल, गाकर्णेश्वर नगरपालीकाका उपमेयर शान्ती नेपाल लगाएतले घुन्सा घटनाले मुलुकलाई अतुलनिय क्षती पुराएको धारणा राखेका थिए ।

घुन्सा घटनाको स्मरणमा जगडोलस्थीत राष्ट्रिय शहीद तथा शान्ति पार्क निर्माण कार्य पनि जारी रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७