नाइजेरियामा तेल बोकेको ट्याङ्कर दुर्घटना : कम्तीमा २५ को मृत्यु, अधिकांश स्कुले बालबालिका


८ आश्विन २०७७, बिहीबार
oil tanker 0WNnoRcL3M

काठमाडौं, ८ असोज । नाइजेरियामा तेल बोकेको ट्याङ्कर दुर्घटना हुँदा कम्तीमा २५ जनाको ज्यान गएको छ ।

लोकोजामा ट्याङ्करको ब्रेक फेल भएर दुर्घटना भएको स्थानीय प्रहरीले बताएका छन् । ज्यान गुमाउनेमा धेरै प्राथमिक तहमा अध्ययनरत बालबालिका र विद्यार्थी परेका बीबीसीले जनाएको छ ।

विद्यालय जानको लागि बाटो काटिरहेका बालबालिका दुर्घटनामा परेका खबरमा उल्लेख छ । नाइजेरियामा यस्ता दुर्घटना प्राय भइरहेने गरेका खबरमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७