स्याङ्जा पहिरो अपडेट : दुई जनाको मृत्यु, आठ जना बेपत्ता


८ आश्विन २०७७, बिहीबार
pahiro waling PmCHTZIOpm

स्याङजा, ८ असोज । स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा दुई जनाको ज्यान गएको छ । एक जनाको स्थानीयले जीवितै उद्धार गरेका छन् । पहिरोमा परी आठ जना बेपत्ता भएका छन् ।

स्याङ्जाको वालिङ नगरपालिका–१४ तमाधीमा पहिरो जाँदा माया परियारको घरमा रहेका १० जना पुरिएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना सम्पर्कविहीन छन् । पहिरोबाट एक जनालाई भने जीवितै उद्धार गरिएको छ ।

घर माथिबाट पहिरो जाने क्रम नरोकिएकाले उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

स्याङ्जाकै कालिगण्डकी गाउँपालिका–४ गोतामेडाँडामा पनि एक घर पहिरोमा पुरिँदा १६ वर्षीय विष्णुबहादुर दमाईको मृत्यु भएको छ । यसैगरी पाल्पाको रम्भा गाउँपालिका–२ मा पहिरोले घर पुरिँदा पाँच जना बेपत्ता भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७