बाबु–आमा भारतमा, घरमा १२ वर्षीया छोरीको बलात्कारपछि हत्या


८ आश्विन २०७७, बिहीबार
Death

बझाङ, ८ असोज । बझाङमा एक १२ वर्षीया बालिकाको बलात्कारपछि गरिएको छ । मष्टा गाउँपालिकाकी बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ ।

बालिकाको शरीरभर निलडाम र नग्न अवस्थामा शव फेला परेको छ । ‘घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको देखिन्छ’, जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी रुपक खड्काले भने ।

पशुचौपाया बाँध्न गएकी बालिका अबेरसम्म घर नआएपछि परिवारले खोजी गरेको थियो । परिवार र स्थानीयले नै बालिकाको खोजी गर्दै जाँदा घरदेखि २ किलोमिटर टाढा शव फेला परेको डीएसपी खड्काले जानकारी दिएका छन् । बालिकाको हत्याबारे आफन्तले नै प्रहरीलाई खबर गरेको उनले बताएका छन् ।

बालिकाले कानमा लगाएका मुन्द्रा समेत लुटेर लगेको परिवारले दावी गरेको छ । ‘घटनास्थलबाट बालिकाले लगाएको भनिएको मुन्द्रा भेटिएको छैन,’ डीएसपी खड्काले भने ।

बालिकाका बुबाआमा भने रोजगारीका सिलसिलामा भारतमा छन् । छोरीको मृत्यु खबर पाएलगत्तै उनीहरु नेपाल फर्किदै छन् । मृतक बालिकाको शव पोस्टमार्टमको लागि चैनपुर लगिएको खड्काले बताए । घटनाबारे थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ । घटनामा हालसम्म कोही पनि पक्राउ परेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७