कुलेखानी जलाशयमा दुई मिटर पानीको सतह वृद्धि


८ आश्विन २०७७, बिहीबार
kulekhani 1502988042

मकवानपुर, ८ असोज । तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण मुलुकको ठूलो कृत्रिम जलाशयमा पानीको सतह बढेको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पर्ने कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा २४ घण्टाका अवधिमा झण्डै दुई मिटर पानीको सतह बढेको आयोजनाका कर्मचारी पूर्णबहादुर बलामीले जानकारी दिए ।

बलामीका अनुसार जलाधार क्षेत्रमा परेको अविरल वर्षाका कारण आज बिहानसम्म जलाशयको सतह समुद्री सतहबाट एक हजार ५२१ दशमलव २१ मिटर पुगेको छ । अघिल्लो दिन सोही समयमा पानीको सतह एक हजार ५१९ दशमलव ४८ मिटर थियो ।

कुलेखानी जलाशयमा समुद्री सतहबाट एक हजार ५३० मिटरसम्म पानी जम्मा गर्न सकिने क्षमता छ । वर्षाका समयमा पानी सञ्चय गरेर हिउँदमा अन्य विद्युत गृहमा विद्युत् उत्पादन कम भएका बेला यहाँ उत्पादन हुने गरेको छ । आयोजनाको पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट क्षमतामा विद्युत् उत्पादन हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७