नेपालमा असोज ११ गते ओपो एफ १७ प्रो सार्वजनिक गरिंदै


८ आश्विन २०७७, बिहीबार
opp

काठमाडौं, ८ असोज । नेपालमा ओप्पो कम्पनीले आफ्नो नयाँ स्मार्टफोन ओपो एफ १७ प्रो सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले असोज ११ गते अनलाइन ईभेन्टमार्फत एफ १७ प्रो सार्वजनिक हुने जानकारी गराएको छ । एफ १७ प्रो दुई आकर्षक रंग म्याट ब्ल्याक र म्याजिक ब्ल्यू रंगमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

ओपो एफ १७ प्रोमा ६ वटा एआई पोट्रेट क्यामेरा, ३० वाट भोक फ्ल्याश चार्ज ४.० का साथमा अल्ट्रा स्लिक बडी, फेशनेवल मिनी डुअल पञ्च होल डिस्प्ले र नवप्रबर्तनात्मक शाइनी म्याट कलर्स लगायत फिचर्सहरु पनि उपलब्ध छन् ।

असोज ११ गते अनलाइन मार्फत सार्वजनिक हुने कार्यक्रममा ओपोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, नायक अनुप बिक्रम शाही, नायिका तथा मोडल अलिशा राई र फोटोग्राफर तथा चलचित्र निर्माता सन्जोग राई लगायतको उपस्थिति रहने जनाइएको छ । नेपालमा यसको मूल्य ३२ देखि ३८ हजार रुपैंयाँ पर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७