काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ७५५ जना कोरोना संक्रमित


८ आश्विन २०७७, बिहीबार

काठमाडौं, ८ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७५५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६०९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ कोरोना संक्रमित थपिएका छन् ।

आज (बिहीबार) नेपालमा थपिए १,४९७ जना कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाका ७५५ जना हुन् । जसअनुसार काठमाडौंमा २२९ महिला र ३८० पुरुष, भक्तपुरमा १२ महिला र ३९ पुरुष, ललितपुरमा ३८ महिला र ५७ पुरुषमा कोरोना संक्रमण देखिएको छ । बुधबार काठमाडौंमा ४९२ , भक्तपुरमा ९५ र ललितपुरमा ५० गरी ६३७ कोरोना संक्रमित थपिएका थिए ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १,४९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज (बिहीबार) नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।

आज ४५७ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । हालसम्म ५० हजार ४११ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ४४९ जनाको पिसिआर परीक्षण भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७