कोरोनाबाट आज एकै दिन १७ जनाको मृत्यु, नेपालमा मृत्तक संख्या ४५३ पुग्यो

९ हजार ८२३ जना संक्रमित होम आइसोलेसनमा


८ आश्विन २०७७, बिहीबार
korona death 2

काठमाडौं, ८ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ ।

१२ वटा जिल्लाका ५ महिला र १२ पुरुष गरी १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । गत २४ घण्टामा मात्र चार जना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौंमा ८२ वर्षीया महिला, ७५, ७९ र ८० जना वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मोरङमा ५५ वर्षीया महिला, झापामा ७८ वर्षीय पुरुष, सुनसरीमा ८१ वर्षीया महिला, धनुषामा ६८ र ७० वर्षीय पुरुष, रौतहटमा ६५ वर्षीय पुरुष, भक्तपुरमा ७३ वर्षीया महिला र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै, धादिङमा ३२ वर्षीया महिला, तनहुँमा ३९, दाङमा ३९, कपिलवस्तुमा ५० र नवलपरासीमा ५५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसअघि बुधबार नेपालमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ ।

९ हजार ८२३ जना संक्रमित होम आइसोलेसनमा
देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ । बिहीबार १८ हजार ४३७ जना सक्रिय संक्रमितमध्ये ९ हजार ८२३ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ५ हजार ५३६ जना होम आइसोलेसनमा छन् । त्यस्तै प्रदेश–१ मा १ हजार ४७७, प्रदेश–२ मा ६४३, प्रदेश–५ मा १ हजार ३४६, सुदूरपश्चिम प्रदेशमा १८८, गण्डकी प्रदेशमा ३६० र कर्णाली प्रदेशमा २३३ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७