राष्ट्र बैंकले बैंकहरुबाट उठायो ३० अर्ब तरलता


८ आश्विन २०७७, बिहीबार
Rastra Bank

काठमाडौं,८ असोज । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३० अर्ब रुपैयाँ रतलता खिचेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) धेरै भए पछि राष्ट्र बैंकले बोलकवोलको मार्फतबाट ३० अर्ब रुपैयाँ खिचेको हो ।

अहिले बैंक तथा वित्तीय संस्थाहरुमा २ सय अर्ब रुपैयाँ भन्दा धेरै तरलता रहेको छ । बैंकहरुमा तरलता थुप्रिए पछि राष्ट्र बैंकले २८ दिनका लागि बोलकवोलबाट तरलता खिच्न सूचना जारी गरेका थिए । जसमा ३६ वटा बैंक तथा वित्तीय संस्थाहरु सहभागी भएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७