साहित्यकार दिपा राई पुनको नयाँ म्युजिक भिडियाे सार्वजनिक


८ आश्विन २०७७, बिहीबार
Priyanaka and ayushman karki

काठमाडौं, ८ असोज । अमेरिका निवासी बरिष्ठ साहित्यकार दिपा राई पुनको नयाँ गीत सार्वजनिक भएको छ । उनकोे शब्द रचना रहेको ‘मैले कोरेको चित्र’ बोलको गीत बिहिबार सार्वजनिक भएको हो ।


गायक प्रताव दासको स्वरमा सजिएको गीतको संगित हरि लम्सालले गरेको छन् । संगित संयोजन चन्द्र चौधरीले गरेका हुन ।

गीतकाे भिडियाेमा चर्चित अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजले अभियनय गरेका छन । उनीहरुको फिचर्ड एकदमै जमेको छ । साहित्यकार दिपा राई पुनको यो गीत उनकै आमा विमला राईले निर्माण गरेकी हुन् । भिडियोलाई चर्चित निर्देशक निकेश खड्काले निर्देशन गरेका छन ।


उनका तीन कविताकृति तिम्रो सपनाको म, स्पन्दनका रागहरू र छुटेको वाग्दाता कविता संग्रह र गीति एल्बम ‘प्रतिरूप’ प्रकाशित प्रकाशित छन् । साहित्यकार दिपाको पछिल्लो समय कवितासँगै म्युजिक भिडियोहरु पनि निरन्तर सार्वजनिक हुँदै आएको छ ।

उनले भानुभक्त स्वर्ण पदक, नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सर्वोत्कृष्ट पुस्तक पुरस्कार अनेसास, अनेसास रविना फाउण्डेसन सर्वोत्कृष्ट सुम्निमा पुरस्कार २०१३ र ०१४, प्रवासी नेपाली साहित्यिक प्रतिभा पुरस्कार २०१६ (हङकङ साहित्यिक साझा श्रृङ्खला), ज्योति साहित्य सम्मान २०७२ (ज्योति साहित्य प्रतिष्ठान), साहित्य सम्मान (लायन्स क्लब अव काठमाडौं रेन्बो सीटी), अनल ज्योति सम्मान २०७२ (अनल ज्योति बोर्डिंग स्कूल), राष्ट्रिय नारी सम्मान पत्र – २०७३ (राष्ट्र, राष्ट्रियता र नागरिकप्रति समर्पित), राष्ट्रिय नागरिक विकास समाज विशेष नागरिक सम्मान २०७५, ‘राष्ट्रिय नारी श्रष्टा सम्मान २०७५ (महिला बालबालिका तथा युवा संचेतना समाज नेपाल) लगायतका पुरस्कार र सम्मानहरु पाईसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७